• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

स्मार्ट कर्जा

क) यो कर्जा उद्योग, घर जग्गा कारोबार, कृषि उपकरण, बहुवर्षीय कृषि, चिया उत्पादन, शेयर लगानी, वैदेशिक उच्च शिक्षा, हाइड्रोपावर, ठेक्का पट्टा आदि क्षेत्रहरुमा लगानी गरिनेछ । 

ख) अन्य व्यवसायिक कर्जा सरहको ब्याजदरमा अधिकतम कर्जाको सीमा १,००,००,००० (अक्षरेपी रु एक करोड मात्र) रहनेछ । 

ग) समयावधि १० वर्षको स्वीकृत गरिने तर हरेक २ वर्षमा ०.२५ प्रतिशत सेवा शुल्क लिइ नविकरण गर्नुपर्नेछ । 

घ) हरेक त्रैमासिकमा अनिवार्य ब्याज बुझाउनुपर्नेछ । त्रैमासिक रुपमा ब्याज नबुझाए सम्पूर्ण साँवामा १ प्रतिशत ब्याज स्वतः बृद्धि गरिने । 

ङ) कर्जा लिएको २ वर्षभन्दा बढी समयावधि पुगेका सदस्यहरुले कर्जा परिवर्तन गरी स्मार्ट कर्जा बनाउन चाहेमा हालसम्मको ब्याज चुक्ता गरी ०.२५ प्रतिशत सेवा शुल्क लिइ कर्जा परिवर्तन गरिनेछ । तर कर्जा लिएको २ वर्षभन्दा कम समयावधि भएका ऋणी सदस्यहरुका लागि भने स्मार्ट कर्जा बनाउन चाहेमा कुनै पनि शुल्क लाग्ने छैन ।

च) यस कर्जा शीर्षकमा दीर्घकालीन बचत (दीर्घकालीन बचत क्रमिक बचत र पेन्शन बचतको रकम गणना गरिनेछ) को ६५ प्रतिशत र कूल कर्जा लगानीको १५ प्रतिशत जुन घटी हुन्छ सो को प्रतिशतको अनुपातमा मात्र लगानी गरिनेछ । 

छ) यस कर्जाको नियमित रुपमा ब्याज नबुझाएमा नविकरण गरिने छैन ।